झ्याप्लेखोलाबाट २५ शव निकालियो

उपेन्द्र यादवविरुद्ध निर्वाचन लड्ने शिवचन्द्र कुशवाह पार्टीबाट निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाह कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको सङ्घारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुश्वाहा अनुशासनको कारबाहीमा परेका हुन । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए । 

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहलाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । 

यसैगरी, सप्तरीका गुलाब मण्डल र शङ्कर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको जनाइएको छ।  

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ११ : २२ बजे