झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । 

ललितपुरकाे सानेपास्थित, केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्नेछ ।  

गत मङ्गलवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बुधवारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । 

बुधवारको बैठकमा आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखिसक्नुभएको थियो । जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा)तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसक्नुभएको छ ।

यस्तै, बुधवारको बैठकमा गोविन्दबहादुर शाह, डा। रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशीला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल ९आचार्य०, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गङ्गा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसक्नुभएको हो।

यस्तै, आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानिया (बागमती प्रदेश), शुक्रराज शर्मा(गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले समेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

बुधवारको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको काँग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नुहुनेछ। 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : १५ बजे