भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौँ – राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । 

    विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ । 

    अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार दुई जनालाई पक्राउ पनि गरिएको छ । घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ । 
 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : १५ बजे