झ्याप्लेखोलाबाट २५ शव निकालियो

पूर्वराष्ट्रपति भण्डारीले हेर्नुभयो चलचित्र ‘बगान’

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्त्व दर्साइएको नेपाली चलचित्र ‘बगान’ हेर्नुभएको छ।

मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले चलचित्र बगान राम्रो लागेको प्रतिक्रिया दनुभयो। पूर्वराष्ट्रपति भण्डारीले भन्नुुभयो, ‘चलचित्र राम्रो बनेको रहेछ। कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ।’

विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : ३९ बजे