झ्याप्लेखोलाबाट २५ शव निकालियो

कमल थापा भन्नुहुन्छ, ‘नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित विधेयकले हिंसालाई प्रोत्साहन गरेको बताउनुभएको छ । 

केही नेपाल ऐन संशोधन गर्न विधेयक–२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टि जनाउनुभएको हो । 

‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’ उहाँले भन्नुभएको छ, ‘विधेयकले राजनीतिक प्रणालीसँग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने बहानामा सबै अपराध माफ भइहाल्छ भन्ने सन्देश दिएको छ, गणतन्त्र भनेको यही हो ?’

प्रतिनिधिसभाको पछिल्लो बैठकबाट उक्त विधेयक पारित भएपछि सर्वत्र आलोचना भइरहेको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ३७ बजे