झ्याप्लेखोलाबाट २५ शव निकालियो

देउवाको ठाडाे आदेशमा ३५ जनाको कारबाही फुकुवा, ८७ जना कारबाहीमा,बैठक दुई घण्टा बसेर स्थगित

 

काठमाडौं । नेपाली काँग्रेस अनुशासन समितिले विभिन्न तहका निर्वाचनलगायतका विषयमा पार्टी र पार्टी गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको आरोपमा ८७ जनालाई कारबाही गर्ने र ३५ जनाको कारबाही फुकुवा गर्ने प्रस्ताव गरेको छ।

मङ्गलवार सुरु भएको काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा समितिका संयोजक आनन्द ढुंगानाले उक्त प्रस्ताव गरेका हुन।

संयोजक ढुंगानाले सभापति देउवाको मौखिक आदेशको आधारमा कारबाही फुकुवा गरेको जानकारी बैठकलाई दिएका थिए। संयोजक ढुंगानाले ३५ जनाको नामावली भने पढेर सुनाएन्।
संयोजक ढुंगानाले महोत्तरीका मेयर, उपमेयर र चन्दननाथ नपाका मेयरलगायतको कारबाही फुकुवा गरेको जानकारी दिए।

उनका अनुसार चितवनमा कारबाहीमा परेका दिनेश कोइराला, कृष्ण सापकोटा, भीमबहादुर श्रेष्ठ, शम्भुप्रसाद अर्याल, मिना खरेल र आनन्द राउतको कारबाही फुकुवा गरिएको छ। बारा, चितवन र तनहुँका नेताहरूको कारबाही फिर्ता गरिएको छ।

संयोजक ढुंगानाले सदस्यता समेत नरहने गरी ८७ जनालाई कारबाही गरेको जानकारी पनि दिए। कारबाही गरिएका व्यक्तिहरूको सूचि लामो भएकाले पढन नसकिने उनले बताए।

उनले कारबाही गरिएका र फुकुवा गरिएकालाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र यो निर्णय लागु हुने गरी पत्र दिएका जानकारी दिएका थिए। यस विषयमा बैठकमा उपस्थित सदस्यहरूले प्रश्न उठाएपछि संयोजक ढुंगानाले यस्तो जवाफ दिएका हुन।

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि शुरु भएको छ । पहिलो दिन दुई घण्टामात्रै बसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : २६ बजे