आजको तरकारी तथा फलफूलको मूल्य, बन्दा सबैभन्दा सस्तो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार आज ठुलो नेपाली गोलभेँडा, लोकल गाजर, हाइब्रिड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेँडा ५४ रुपैयाँ २० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा रहेको छ । 

यस्तै, सुकेको भारतीय प्याज ४९ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८३ रुपैयाँ ३३ पैसा, रातो मूला, चिचिन्डो, तितो करेला, रुख कटहर र डल्ले हरियो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ रहेको छ । 

यसैगरी, मकै बोडी, लोकल घिउ सिमी, भटमास कोसा, न्युरो, चुकन्दर, गान्टे मूला र कलकत्ते आँप ७५ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी र भारतीय मेवा ९५ रुपैयाँ पर्नेछ । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : १२ बजे