काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्ने भएको छ ।
केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाका बारेमा छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ः०० बजे बस्नेछ ।
सभापति देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।
गत २७ असारमा बस्ने भनिएको काँग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधनपछि स्थगित भएको सो बैठक साउन २ गते अर्थात् भोलि बस्दैँछ ।
आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।
प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ७ : ०१ बजे
प्रतिक्रिया