फलफूल तथा तरकारीको आजको मूल्य, मालदह १५५ पुग्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ९आइतबार० ठुलो नेपाली गोलभेँडा, स्थानीय काउली, भटमास कोसा, माछे खुर्सानी, कलकत्ते आँप, चुकन्दर, न्युरो, भिण्डी, लौका, र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ , टनेल गोलभेँडा र रातो मूला ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, लोकल गाजर, स्थानीय ज्यापु काउली, मकै बोडी, लोकल काँक्रो र ब्रोकाउली ८५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, सेतो लोकल मूला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो, तने बोडी, घिरौँला, झिगूनी, घिउ सिमी, पिँडालु, रातो बन्दा, रुख कटहर, भेडे खुर्सानी र हरियो लसुन प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ । 

यसैगरी, राजमा घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, टाटे सिमी र रायोको साग ९५ रुपैयाँ, हरियो फर्सी, तोरीको साग र जिरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३४० रुपैयाँ, कुरिलो २२५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, तामा १२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, कागती १३३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, अकबरे खुर्सानी ४५० रुपैयाँ, किवी ८५० रुपैयाँ, अदुवा २५० रुपैयाँ र आभोकाडो ५५० रुपैयाँ  पर्नेछ । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : २६ बजे