झ्याप्लेखोलाबाट २५ शव निकालियो

जयनगर– जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किलोमिटर दूरीमा सञ्चालन हुने

जनकपुर । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । 

जसअनुसार आजदेखि उक्त रेल आफ्नो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ । 

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको उक्त रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्दै हुनुहुन्छ।

आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेसनमा थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला आज आई पुग्दै हुनुहुन्छ । 

यसअघि  जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको थियो भने आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : १३ बजे