झ्याप्लेखोलाबाट २५ शव निकालियो

जुम्लाको पातारासीमा चट्याङ लागेर ५० भेडा बाख्रा मरे

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडा बाख्रा मरेका छन् ।  

यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडा बाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । 

चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडा बाख्रा चट्याङबाट मरेका हुन्  । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै  सबैभन्दा बढी भेडा पालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडी गोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडा बाख्रामा ठुलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । 

भेडा बाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या  भएको उनीहरूले बताउनुभयो । उहाँले भन्नुभयो किसान बोहोराले भन्नुभयो “यहीँ पेसाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहज रूपले धानेको थियो । ” 

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडा पालक किसान ऐडीले बताउनुभयो । उहाँले भन्नुभयो, “चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।” स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ३४ बजे