झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमालेकाे सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ  । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । 

च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बस्न लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकास क्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठनका निर्माणका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। 

सचिवालय बैठक बस्नुअघि गत बुधवार र बिहीबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल  गर्नुभएको थियो । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गर्नुभएपछि आज सचिवालय बैठक बोलाइएको हो । 

आजको सचिवालय बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्य विभाजन तथा अन्य विषयमा पनि छलफल गर्नेछ । 

त्यस्तै, शुक्रवार महासचिव शङ्कर पोखरेलको नेतृत्वमा बसेको एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो । एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : १८ बजे