आज पनि बैङ्क तथा वित्तीय संस्था खुल्ला रहने

काठमाडौँ । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला हुने भएका छन् । 

चालु आर्थिक वर्षको अन्तिम शनिवार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिवार पनि बैङ्क तथा वित्तीय संस्था खुल्ला नै रहन लागेका हुन् ।  

सो कार्यका लागि नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । 

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरेपछि गत शनिवार र आज शनिवार बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ला भएका हुन ।  

जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिवार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैङ्कले निर्देशन दिएको थियो । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : १० बजे