झ्याप्लेखोलाबाट २५ शव निकालियो

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका डोनाल्ड लु धुम्बाराही पुगेर देउवासँग भेटवार्ता गरेका हुन्। एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आइपुगेका लुले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दैछन्।

उनी विमान बंगलादेशको उडान नम्बर ३७१ को विमानबाट शुक्रबार विहान काठमाडौं आइपुगेका थिए। अमेरिकी राजदूत डीन आर थम्पसनले लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। 

संसद्ले अनुमोदन गरेको करिब १८ महिनापछि भदौबाट एमसीसी कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब नेपाली रुपैयाँ अनुदान दिनेछ।  

नेपालले एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : २४ बजे