झ्याप्लेखोलाबाट २५ शव निकालियो

अमेरिकी सहायक विदेश मन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ  । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ ।  

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री लु आज नेपाल आउन लाग्नुभएको हो । 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेश मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । साथै, आफ्नो भ्रमणको क्रममा उहाँले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामूहिक भेटघाट गर्नुहुनेछ । 

भारत, बङ्गलादेश र श्रीलङ्काको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लाग्नुभएका सहायक विदेश मन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५४ बजे