सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधवार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मङ्गलवार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा १४ सय रुपैयाँमा कारोबार भएको छ । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : ०२ बजे