काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।
प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।
नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाका स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज बिहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखिने भएको छ ।
बिहान ११ बजेदेखि १ बजेसम्म पेरिस डाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।
उहाँ नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत हुनुहुन्थ्यो।
सीताको निधनसँग प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाउनुभएको छ । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाई गुमाउनुभएको थियो ।
प्रकाशित मिति : २७ असार २०८०, बुधबार ९ : ४१ बजे
प्रतिक्रिया