फलफूल तथा तरकारीको आजको मूल्य, गुन्द्रुक २७५ रुपैयाँ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो नेपाली गोलभेँडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमास कोसा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा २० रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।

साथै, टनेल गोलभेँडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ४० पैसा, लोकल गाजर र ज्यापु काउली ९५ रुपैयाँ तोकिएको समितिले जनाएको छ । 

उता रातो मूला प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १४ रुपैयाँ २५ पैसा, डल्लो भन्टा ११५ रुपैयाँ, तने बोडी १०२ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ९६ रुपैयाँ, हाइब्रिड घिउ सिमी १०५ रुपैयाँ, टाटे सिमी १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तितो करेला ८६ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर, डल्लो फर्सी र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, चिचिन्डो र रातो बन्दा ६५ रुपैयाँ, घिरौँला ६४ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, न्युरो ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदिना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइने समितिको भनाइ छ । 

उता,  फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४३३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ११५ रुपैयाँ, भुई कटहर १६५ रुपैयाँ, किवी ८५० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ र भेडे खुर्सानी ७० रुपैयाँ पर्नेछ ।  

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : १९ बजे