झ्याप्लेखोलाबाट २५ शव निकालियो

काठमाडौँका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाङ भन्छन् ‘नडराउनुहोस्’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिनुभएको छ । 

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिनुभएको हो ।  

अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले आइतबार साँझ ट्विट गरेपछि साम्पाङले  ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाउनुभएको हो । 

काठमाडौँका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेख्नुभएको थियो,  
​​​​​​​आज एउटा विशेष दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्यूले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा ।
म आजबाट अपराधी ।’ 

त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्विटरमा जवाफ दिँदै लेख्नुभयो, 
​​​​​​​‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौँ ।’ 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ५२ बजे