असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशत मात्र रोपाइँ

सुर्खेत/भेरीगङ्गा  । कर्णालीमा असार सकिन लाग्दा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ ।  

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो । 

उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ ।  दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुन सकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशत मात्रै रोपाइँ भएको हो । 

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । 

कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ भने सल्यान र सुर्खेत मात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : १९ बजे