आज पनि बैङ्क तथा वित्तीय संस्था खुल्ने

काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले आज पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रवार निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले असार २३ र ३० गते शनिवार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ । 

 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ५६ बजे