झ्याप्लेखोलाबाट २५ शव निकालियो

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ–नेका नेता डा कोइराला

मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनु भयो । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणको क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुने सक्ने आशंका व्यक्त्त गर्नु भयो । 

नेता डा‍ कोइरालाले सरकार निर्माणको क्रममा संसदीय व्यवस्थामा गणित खेल हुने बताउँदै यस्ता उतार चडावलाई झल्दै संसदीय परम्परा र संविधानमा भएका कररालाई टेकेर अगाडि वढ्दै जानुपर्नेमा जोड दिनु भयो ।
    उहाँले नेकां  लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि वढ्नु पर्छ भन्ने  मान्यता राख्ने पार्टी भएको बताउनु भयो । 
    नेता डा कोइरालाले भन्नु भयो ‘कोशी प्रदेश निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा एमालेमा सर्वोच्च अदालतमा जान सक्ने कुरा औल्याउँदै  र अदालतको निर्णय हामी सबैले स्विकार गर्नुपर्छ ’। 

 उहाँले दण्डहिनताको अन्त्य र भ्रष्टचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डो¥याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नु भयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले  वर्तमान गठबन्धन सरकारलाई अगाडि वढाउनुका साथै बलियो बनाउनु पर्छ र  अन्य गठजोडतर्फ सोच्नु हुदैन भन्नु भयो ।   उहाँले नेकां महामन्त्रीद्वारा काठमाण्डौ आयोजित जिल्ला सभापतिहरुको भेला सही निर्णय  भएको र यसले पार्टीलाई वलियो बनाउने धारणा राख्नु भयो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ४३ बजे