झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोसी प्रदेशका मुख्यमन्त्री थापाद्वारा शपथ

विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्री द्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

नवनियुक्त मन्त्री द्वयको कार्य विभाजन भनेपछि तय हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १२ : ०१ बजे