झ्याप्लेखोलाबाट २५ शव निकालियो

सभामुख कै संलग्नतामा सरकार गठन गर्ने कार्य असंसदीय र असंवैधानिक : डा.भीमार्जुन आचार्य

​​​​​​​काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको बताउनुभएको छ  । 

सामाजिक सञ्जाल ट्विटरमार्फत संविधानविद् डा.आचार्यले कोसी प्रदेशमा सरकार निर्माण गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएपछि संविधानले सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना नगरेको बताउनुभएको हो । 

उहाँले सभामुख कै संलग्नतामा सरकार गठन गर्ने कार्य असंसदीय र असंवैधानिक भएको बताउनुभयो ।

''सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ। कोसी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अवहेलनाजन्य कार्य हो ।'', डा.आचार्यले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ , ''यसरी सरकार गठन गर्नुभन्दा त प्रदेश सरकार नै नरहनु ठिक हुन्छ।''

कोसी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

यसको नेकपा एमालेले विरोध गरेको छ । एमालेले सभामुखको भूमिका तटस्थ रहने भन्दै सभामुखलाई सरकार गठनको लागि बहुमत पुर्‍याउने गरी गणना गर्न नहुने बताउँदै आएको छ ।

 

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ५३ बजे