झ्याप्लेखोलाबाट २५ शव निकालियो

नयाँ लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौँ : अध्यक्ष बडाल

​​​​​​काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ ।  

‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिव्यक्ति दिएर सर्वत्र आलोचनाको सिकार भइरहनुभएका प्रधानमन्त्री दाहालको अभिव्यक्तिमाथि आक्रोश पोख्ने क्रम जारी छ ।  

सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताउनुभएको छ ।  ‘नयाँ लेन्डुपहरु बनाउने भारतीय संस्थापनको हण्डी खाएर भारतीय भूमिमा बसेर नेपाली जनताको रगत बगाउने सशस्त्र युद्धको डिजाइनरको पर्दाफास हुदैछ्,’ अध्यक्ष बडालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जनताले चिन्न ढिला नगरौँ, यस्ता लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौँ।’

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : १२ बजे