यस्तो  छ आज फलफूल तथा तरकारीको मूल्य, गुन्द्रुक २५० रुपैयाँ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य ८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५२, घिउ सिमी लोकल १००, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४५, भारतीय आलु रातो ३४, टनेल गोलभेँडा सानो ३०, लौका ८० कायम भई कारोबार भइरहेको छ । 

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल ८, ब्रोकाउली ५०, कागती १५० रुपैयाँ, रायो साग रु ८०, न्युरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो १००, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ । 

समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ,नास्पाती ८०, किवी ८००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा (मुंगरी)  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ । 

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ २००, लोकल लीच्ची १५०, खुर्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : २४ बजे