भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

यस्तो छ आज फलफूल तथा तरकारी मूल्य, भटमास कोसा १०६ रुपैयाँ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो नेपाली गोलभेँडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेँडा १५ रुपैयाँ ७५ पैसा, टनेल गोलभेँडा ३३ रुपैयाँ ६० पैसा, रातो आलु, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँमा किनबेच भइरहेको छ । 

भारतीय रातो आलु प्रतिकेजी ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९भारतीय० ५१ रुपैयाँ तथा लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ७ रुपैयाँ ६० पैसा, स्थानीय काउली(ज्यापु) ५५ रुपैयाँ, रातो मूला ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १२ रुपैयाँ ५० पैसा, तने बोडी ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ । 

मकै बोडी र तितो करेला ९५ रुपैयाँ, लोकल  घिउ सिमी १०५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी, परवर र न्युरो ८५ रुपैयाँ, भटमास कोसा १०६ रुपैयाँ ६७ पैसा, लौका र रायोको साग ७५ रुपैयाँ, घिरौँला ९६ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । 

त्यसैगरी, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, कुरिलो १८३ रुपैयाँ ३३ पैसा, चुकन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३२५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँ, पुदिना १४० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच हुनेछ । 

उता, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, कालो अङ्गुर ५३६ रुपैयाँ, लोकल काँक्रो ११० रुपैयाँ र अकबरे खुर्सानी १७५ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ४९ बजे