भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित

काठमाडौँ । सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित भएको छ । आइतबार नेप्से सूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै उपसमूहहरु घटेका छन् । 

सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो । नाफा भएकाहरुले बिक्री गरे पनि बजारमा क्रेता पक्ष राम्रै रहेको देखिएको छ । नेप्से दोहोरो अंकले घटेका बेला पनि कारोबार रकम औसतमा रहेको छ । 

यस दिन २८६ कम्पनीको १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ लाख ५६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : ४३ बजे