भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेँडा (नेपाली), स्थानीय काउली, डल्लो भन्टा, चिचिन्डो, इस्कुस, ब्रोकाउली र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, लोकल सानो गोलभेँडा १२ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

उता, टनेल सानो गोलभेँडा २८ रुपैयाँ ७५ पैसा, रातो आलु, हरियो खुर्सानी, तोरीको साग, लाम्चो हरियो फर्सी, राचो मूला र लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु, रुख कटहर र पाकेको फर्सी ३५ रुपैयाँ, भारतीय सुकेको प्याज ४९ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ तोकिएको छ । 

लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ९ज्यापु०, लौका, झिगूनी, सलगम, चुकन्दर र रातो बन्दा ६५ रुपैयाँ, लोकल सेतो मूल १७ रुपैयाँ ६७ पैसा, तने बोडी १२५ रुपैयाँ, मकै बोडी, टाटे सिमी, भटमासकोशा, घिरौँला, भेडे खुर्सानी, लोकल खुर्सानी, मालदह आँप र लोकल काँक्रो ७५ रुपैयाँ तोकिएको छ ।  

त्यस्तै, लोकल घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, राजमा घिउ सिमी, तितो करेला र लसुन हरियो प्रतिकेजी ९५ रुपैयाँ, परवर, रायोको साग, न्युरो, लोकल नास्पाती, हरियो तरबुजा र दसहरी आँप ८५ रुपैयाँ, कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ २६३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, कुरिलो २२५ रुपैयाँ, सेलरी र पुदिना १३५ रुपैयाँ, पार्सले ३१० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३९० रुपैयाँ, हरियो अङ्गुर ३९० रुपैयाँ, कालो अङ्गुर ५६५ रुपैयाँ, मौसम २३५ रुपैयाँ, लोकल लिची ११० रुपैयाँ, किवी ८७५ रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ र अकबरे खुर्सानी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ । 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १० : ११ बजे