भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ०७ बजे