भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न धितोपत्र बोर्डको आशा लघुवित्तलाई पूर्वस्वीकृति

काठमाडौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल धितोपत्र बोर्डले आशा लघुवित्तलाई सैद्धान्तिक सहमति दिएको छ । बोर्डले पत्र पठाउँदै प्राप्तीका लागि पूर्वस्वीकृति दिएको हो । यो सँगै दुई लघुवित्तको एक्विजिशन प्रक्रिया अघि बढेको छ । प्राप्ति तथा मर्जरमा जाने कम्पनीहरुले प्रत्यक्ष नियामकसहित धितोपत्र बजार नियामकबाट पनि स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । 

प्रत्यक्ष नियामक नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई प्राप्तीका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले आशा लघुवित्तलाई सैद्धान्तिक सहमति दिएको छ । यसअघि, यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ । आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : २७ बजे