भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : १३ बजे