भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

यस्तो छ आज तरकारी तथा फलफूल मूल्य 

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार मटर कोसा प्रतिकेजी न्यूनतम मूल्य १८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५, घिउ सिमी राजमा ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ८, लौका ६० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ९०, कागती १५० रुपैयाँ,तोरीको साग  रु ३०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवी ७०० रुपैयाँ, अङ्गुर कालो ५५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ ९०, लोकल लीच्ची १००, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २००, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ५१ बजे