भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आज देशैभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौँ  । आज देशैभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दैैछन् ।  

मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।  

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते  स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ  ।  

यसअघि १० वटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोसी प्रदेशका दुई, मधेस प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ४९ बजे