काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई गणतन्त्र दिवसको उपलक्क्षमा आममाफि दिने सरकारी तयारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत)ले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जनाइएको छ । बोहराले यसअघि राष्ट्रपति कार्यालयलाई पनि चौधरीलाई आम माफी नदिन भन्दै निवेदन दिएकी थिइन् ।
चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने गरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार ५ : १६ बजे
प्रतिक्रिया