झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोशी प्रदेशको विरोधमा आन्दोलन गर्ने १७ जना पक्राउ, गुलेली र घरेलु हतियार बरामद

विराटनगर । प्रदेश नं १ को नामा कोशी प्रदेश राखेको विरुद्धमा प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्धेश्यले भएको सो आन्दोलनलाई निस्तेज पार्न प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार प्रदेश सभा सचिवालय आसपास, देवकोटा चोक र अस्पताल चोकबाट आन्दोलनकारीलाई पक्राउ गरिएको हो ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने प्रयास गरेपछि उनीहरुलाई रोक्नका लागि पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ११ : १६ बजे