झ्याप्लेखोलाबाट २५ शव निकालियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न  आरोपीहरूको बयान आज पनि हुने भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान हुने भएको हो ।  

यसअघि शुक्रबार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो । 

अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । 

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् ।  

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : ४९ बजे