झ्याप्लेखोलाबाट २५ शव निकालियो

रुकुम पश्चिममा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु, आठ घाइते

दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना भएको छ ।

आज बिहान भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्  ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ । 

दुर्घटनामा परेर अन्य आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । 

दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : १५ बजे