झ्याप्लेखोलाबाट २५ शव निकालियो

बिनु यादवले तोडिन १५ दिनपछि अनसन

काठमाडौँ । माइतीघर मण्डलामा १५ दिनदेखि अनसनरत बिनु यादवले आफ्नो अनसन तोडेकी छिन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुँदे सहमतिपछि बिनु यादवले अनसन तोडेकी हुन ।  

गत वैशाख २७ गतेदेखि श्रीमान् र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध विच्छेद गराएको जस्ता विषयको न्यायिक निरूपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् । तर, बुधवार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै गृह मन्त्रालयको परेको निवेदनको सम्बन्धमा महान्यायधिबक्ताको कार्यालयमा लेखी पठाउने लगायतको सहमति भएपछि उनले अनसन तोडेकी हुन ।  

‘सत्याग्रही बिनु यादवका सत्याग्रहका मागहरूमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जबरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६-०१-३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदीप कठायत भएको जबरजस्ती करणी मुद्दा कालीमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६-०१-३० गते नै पीडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पीडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६-०२-०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित बिनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानुनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानबिन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालयमार्फत पेस भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने’ पहिलो सहमतिमा भनिएको छ । 

यस्तो छ सहमितः
​​​​​​​१.सत्याग्रही बिनु यादवका सत्याग्रहका मागहरूमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जबरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६-०१-३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदीप कठायत भएको जबरजस्ती करणी मुद्दा कालीमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६-०१-३० गते नै पीडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पीडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६-०२-०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित बिनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानुनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानबिन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेस भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।
२. सत्याग्रही बिनु यादवका मागहरूमध्ये सम्मानित अदालतमा विचाराधीन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरूपण हुने नै छ ।
३.अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।
४.सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य उपचार गर्न र निजको जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा नागरिक मन्त्रालयमा लेखी पठाउने ।
५. मिति २०७० वैशाख २७ गतेदेखि सत्याग्रह अनसन गरेकी बिनु यादवले आजकै मितिबाट सत्याग्रह अन्त्य गर्ने ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ६ : ४१ बजे