झ्याप्लेखोलाबाट २५ शव निकालियो

चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै

रामपुर । सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । 

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिनुभयो । कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नविकरणको काम थालेको छ । 

तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताउनुभयो । 

खेलकुद पत्रकार मञ्चमा पुनः अर्याल 

यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल निर्विरोध चयन हुनुभएको छ । मञ्चको साधारणसभाबाट कान्तिपुर दैनिकका पत्रकार अर्याललाई पुनः अध्यक्षमा चयन गरिएको हो । 

यसैगरी मञ्चको उपाध्यक्षमा देव पचभैया, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सह–सचिवमा दुर्गेश मल्ल तथा        सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपानेलाई चयन गरिएको छ । 
 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ४ : १२ बजे