झ्याप्लेखोलाबाट २५ शव निकालियो

पोखरामा नगर बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

पोखरा । पोखरामा नगर बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । 

बसको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–२५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको हो ।

छोरेपाटनबाट विश्व शान्ति स्तूपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगर बसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताउनुभयो ।

विकका अनुसार दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : ५७ बजे