झ्याप्लेखोलाबाट २५ शव निकालियो

मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

मोरङ – मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका-५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ४ : ५४ बजे