झ्याप्लेखोलाबाट २५ शव निकालियो

कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बस पर्सा बजारमा दुर्घटना : ३१ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । 

कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गए राती दुर्घटना भएको हो ।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । 

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ । 

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ८ : ०८ बजे