झ्याप्लेखोलाबाट २५ शव निकालियो

नक्कली शरणार्थी प्रकरणः पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पाले शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग भेट गरेका थिए ।

भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको बताइएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ५७ बजे