झ्याप्लेखोलाबाट २५ शव निकालियो

शरणार्थी प्रकरण : लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि मुछिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको पनि नाम मुछिएको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद डा. आरजु राणा देउवा र पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पत्नी मञ्जुसँगै लुम्बिनीका मुख्यमन्त्री चौधरीको नाम पनि यो प्रकरणमा मुछिएको हो ।

पक्राउ परेर बयान दिने क्रममा अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले चौधरीको पनि नाम लिएको प्रहरी स्रोतको दाबी छ । अभियुक्त सन्देश शर्मा दाङकै हुन् ।

प्रहरी हिरासतमा रहेका अभियुक्त शर्माले बयानका क्रममा ‘कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी र लुम्बिनीका मुख्यमन्त्री चौधरीको सहयोग लिएर हाल हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पटक–पटक भेट गरेको उल्लेख गरेका छन् ।

बयानमा शर्माले भनेका छन, ‘टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुईपटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएको थिएँ ।’ सन्देशले मुख्यमन्त्री चौधरी र गजेन्द्र बुढाथोकीसँग कुराकानी भएपछि नै गृहसचिव पाण्डेको नाम लिएको किटानी गरेको बताइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०० बजे