झ्याप्लेखोलाबाट २५ शव निकालियो

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु

रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । 

लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्य चौकी सुलीचौरमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ५५ बजे