झ्याप्लेखोलाबाट २५ शव निकालियो

पूर्व गृहमन्त्री खाणसँग सरकारी वकिलले आजबाट विषय केन्द्रित बयान लिने

काठमाडौँ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको आजबाट बयान सुरु हुने भएको छ ।

सरकारी वकिलले आजबाट पूर्व मन्त्री खाण पक्राउको विषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो । 

''बुधवार प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ'', एक सरकारी वकिलले भन्नुभयो । उहाँका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता र उहाँका सहयोगीहरूका बारेमा पनि सोधपुछ गरिने छ । 

बुधवार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पूर्व गृहमन्त्री खाँण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिइसकेको छ । अदालतले दिएको समय सीमा भित्र नै खाणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।  

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाणसँग आज बिहान १०ः०० बजेपछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ । बुधवार झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिल समक्ष आफ्नो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ३५ बजे