झ्याप्लेखोलाबाट २५ शव निकालियो

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । बाजुरा जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ । 

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ०९ बजे