झ्याप्लेखोलाबाट २५ शव निकालियो

नागरिकता लिने भारतीय पक्राउ पर्ने तर नागरिकता दिनेलाई किन हुँदैन कारबाही ?

बारा – पछिल्लो पटक भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका खबर सार्वजनिक भइरहेको छ ।  प्रहरीले भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका भारतीय नागरिकलाई पक्राउ समेत गरेको छ । तर, गैर नेपालीलाई नागरिकता दिने दोषीमाथि भने कारबाही गर्न प्रसाशन नै मौन देखिन्छ । 

नक्कली बुवा आमा बन्ने र सिफारीस गर्ने जनप्रतिनिधिलाई भने कारबाही गर्न प्रसाशन नै मौन भएका कारण तराईका जिल्लाबाट धेरै गैरनेपालीले नागरिकता लिइएको खुलेको छ । गत सोमबारमात्रै प्रहरीले कठमाडौंबाट झुटा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिने १० भारतीयलाई प्रक्राउ गरेर यसको प्रमाण दिएको हो । 

पक्राउ पर्ने सबैले मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट नेपाली नागरिकता लिएको पाइएको हो । पक्राउ पर्ने मध्य झुटा विवरण पेश गरी निजगढ नगरपालिकाबाट ३ जना भारतीयले नेपाली नागरिकताको प्रमाणपत्र लिइको खुलेको थियो ।

निजगढबाट नागरिकता लिने भारतीयको विवरण  

भारतको उत्तर प्रदेशका उनीहरुले बाराको निजगढबाट नेपाली नागरिकता लिइएका हुन ।  प्रहरीका अनुसार स्नेहलता गुप्ताले निजगढ– ८ बस्ने रामेश्वरप्रसाद गुप्ताको छोरी बनेर बंशजको आधारमा नागकिरता लिएका थिए भने राजेशकुमार गुप्ताले दिनेशप्रसाद गुप्ताको छोरा बनेर जन्मको आधारमा नागरिकता लिएका थिए । 

त्यसैगरी मिनादेवी गुप्ताले निजगढ– ८ बस्ने रामानन्द साहको छोरी राजेशकुमार गुप्ताको श्रीमती बनेर बंशजको आधारमा नागरिकता लिइएको पाइएको  पाइएको हो । 

त्यस्तै पक्राउ परेका भारतीय नागरिक भरत गुप्ताले जिल्ला प्रशासन कार्यालय बाराबाट जन्मका आधारमा नागरिकता लिएको पाइएको छ । भरतप्रसाद गुप्ताले भने सिरहाको रामनगर मिर्चैया–२ बस्ने शिव शङ्करप्रसाद गुप्ताको छोराको नाममा २०६३ मै

जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिएको छ । राहुल गुप्ताले भरतप्रसाद गुप्ताको छोरा बनेर नागरिकता लिएको पाइएको प्रहरीले बताएको छ । 

किन सजिलो छ मधेश प्रदेशबाट गैरनेपालीलाई नागरिकता लिन

मधेश प्रदेशको विभिन्न जिल्लबाट गैरनेपालीलाई नागरिकता दिने सजिले मानिन्छ । त्यसको पछिल्लो उदाहरण हो भारतकी रजनी राईको नेपाली नागरिकता प्रकरण ।  यस प्रकरणमा गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमतो भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ ।

जसको अदाहरण निजगढ नगरपालिका–१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको करिब एक वर्ष पुग्दासमेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन, प्रसाशनले निजगढ नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले र सर्जमिन गर्ने प्रहरीलाई समेत बचाउने गरी गृहमन्त्रालयमा पत्रचार गरेको खुलेको हो ।

निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ कि रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । 

उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र लिएकी थिइन । वडा अध्यक्ष गोले र वडा अध्यक्षका आफन्त पर्ने तथा उनकै पार्टी नेपाली कांग्रेसका वडा सभापति समेत रहेका श्यामराज गोलेको मिलोमतोमा उनको नागरिता बनाइएको थियो ।

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो । तर, यसबीचमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले कालिङपोङ घर भएकी रजनी राईको घर पुगेर उनको सक्कली नागरितासमेत नेपाल ल्याएका छन् भने नेपाली राहदानी लिएर राई भने अमेरिका पुगिसकेको बताइएको छ ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत लिएकी थिईन । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमाबुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए । वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जिलिङ घर भएकी २१ वर्षीया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । 

वडा अध्यक्ष ज्ञानबहादुर गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । वडा अध्यक्ष गोलेले आर्थिक प्रलोभनमा परेर दार्जिलिङमा रहका आफ्ना नातेदारहरुमार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको आरोप लागेको छ ।

यसरी दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको करिब एक वर्ष पुग्दासमेत गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही नहुदा मधेश प्रदेशमा गैर नेपालीलाई नागरिकता दिने क्रम दिन प्रतिदिन बढ्दै गएको हो । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ५९ बजे