झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

हान अध्यक्षमा शाह निर्वाचित

काठमाडौँ, १५ वैशाख (रासस) :
होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

     नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुनुहुन्छ । उहाँ यसअघि हानको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन हुनुभएको छ । 

    साथै कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट,  रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन हुनुभएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ०९ बजे